कुलमानविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

लोकपथ
13
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति विरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ ।

घिसिङमाथि परेको रिट सुनुवाइका लागि आइतबार (आज) का लागि पेशी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो।

घिसिङको नियुक्ती खारेजीको मागसहित परेको रिट सुनुवाइका लागि आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासमा पेशी तोकिएको थियो ।

वर्तमान सरकारले आफूलाई गैरकानुनी रूपमा हटाएर घिसिङलाई प्रमुख कार्यकारी नियुक्त गरेको भन्दै निवर्तमान कार्यकारी प्रमुख शाक्यले कुलमानविरुद्ध रिट दायर गरेका थिए ।

उक्त मुद्दा यसअघि पनि प्रधानन्यायाधीश जबराकै इजलासमा परेको थियो । यसअघि घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय, प्राधिकरण सञ्चालक समिति बैठकको निर्णय र शाक्य तथा प्राधिकरणबीच भएको सम्झौताको सक्कल फाइल झिकाउन आदेश दिएको थियो ।

गत साउन ३२ गते शाक्यले घिसिङविरुद्ध रिट दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?