७ चैत्र २०७९, मंगलवार

नसर्ने रोगसम्बन्धी अभिमुखिकरण

२०७४,आश्विन,२३,सोमवार ०७:५२

9
Shares

इटहरी, २३ असोज ।स्वीस फाउण्डेशनको सहयोगमा विश्वका तीन राष्ट्रमा पहिलोचरणमा सञ्चालन गरिएको नसर्ने रोगसम्बन्धी वृहत जनचेतना अभिमुखीकरण कार्यक्रम सुनसरीको इटहरी प्राथमिक स्वास्थ्य केन्द्रमा सम्पन्न भएको छ ।नेपाल, मोजाम्बिक र पेरुमा मात्र पहिलोचरणमा सञ्चालनमा आएको नसर्ने रोग मधुमेह, उच्च रक्तचाप र कुष्ठरोग हुँदा अपनाउनुपर्ने सावधानी एवं सर्तकताबारे सबैलाई जानकारी गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको नेपालका संयोजक कार्यक्रम प्राध्यापक डा निलाम्बर झाले जानकारी दिए ।बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सामुदायिक औषधि विभाग प्रमुख प्रा झाको नेतृत्वमा अर्का प्रा डा सञ्जीव शर्मा र डा सुमनबहादुर सिंहको तीन सदस्यीय टोलीबाट यस्ता रोगबारे सर्वसाधारणलाई जानकारी गराउन चिकित्सा विज्ञानका क्षेत्रमा काम गर्दै आएकालाई प्रशिक्षण दिन थालिएको छ ।यस्ता रोग भयावह अवस्थामा पुगिसकेकाले सर्वसाधारणको जीवन रक्षाकमा लागि राज्यको स्वास्थ्य नीतिमा समेत परिमार्जन गर्नुपर्नेमा पनि संयोजक प्राडा झाले जोड दिए ।अस्वस्थकर खाद्य बस्तु फलफूल, प्रतिकूल वातावरण र वंशाणुगतरूपमा देखिने यस्ता रोगबाट नागरिकलाई सुरक्षित राख्न वर्तमान कृषि नीति अर्थात खाद्यान्न उत्पादकत्व बढाउने भन्दा पनि प्राङ्गारिक कृषि उत्पादन नीति बनाउनुपर्ने उनले बताए ।सुनसरी जिल्लाको स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्ति एवं विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि र जननिर्वाचित पदाधिकारी समेतको सहभागिता रहेको अभिमुखीकरण कार्यक्रममा डा सुमनबहादुर सिंहले यस्ता रोगले नेपाललगायत विश्वमै पारेको असर तथा अपनाइनुपर्ने उपायबारे प्रकाश पारेका थिए ।

प्रकाशित मिति: २०७४,आश्विन,२३,सोमवार ०७:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

ढोरपाटन । सैतीस वर्षीया अस्मिता आजभोलि हरेक बिहान बागलुङ कालिका मन्दिरको प्रवेशद्धार अगाडि ‘कटन क्यान्डी’ बेच्दै गरेको भेटिन्छन् । अस्मिताको

ठूलो आन्द्राको क्यान्सर पुरुषहरुमा हुने क्यान्सरको दोस्रो नम्बरमा पर्छ । भने, महिलाहरुमा यसको जोखिम धेरै छ । दिसामा रगत देखियो

ताजा समाचार

पटारमा ‘एक घर, एक धारा’
 २०७९,चैत्र,७,मंगलवार १२:३८