प्रदेश २ : एमालेका थप २ सांसदले गरे नेकपा (एस) को पक्षमा सनाखत

लोकपथ
168
Shares

जनकपुरधाम । प्रदेश २ मा नेकपा एमालेका थप दुई जना प्रदेशसभा सदस्यले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका छन् ।

आइतबार जनकपुरधामस्थित प्रदेश निर्वाचन आयोग कार्यालय पुगेर सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।

यसअघि गत बिहीबार एमालेका १० जना सांसदले एकीकृत समाजवादी रोजेका थिए । प्रदेश २ मा नेकपा एमालेको २१ जना प्रदेशसभा सदस्य रहेकामा एकीकृत समाजवादी रोज्नेको संख्या १२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?