विवादका बीच युनाइटेडमा रोनाल्डोले कसरी पाए ७ नम्बरको जर्सी ?

लोकपथ
1.8k
Shares

काठमाडौं । पछिल्लो हप्ता पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले म्यान्चेस्टर युनाइटेडमा कमब्याकको समाचार निकै चर्चामा रहेको थियो ।

रोनाल्डो १२ वर्षपछि १९.८ मिलियन पाउण्डमा युभेन्टसबाट म्यानचेस्टर युनाईटेड फर्किएका हुन् । उनले युनाईटेडमा दुई वर्षका लागि क्लबसँग सम्झौता गरेका छन् ।

क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाईटेड आएपछि कति नम्बरको जर्सी लगाउछन् भन्ने निकै ठूलो चर्चा चलेको थियो । नचलोस पनि किन ? म्यानचेस्टर युनाईटेडमा काभानीले ७ नम्बरको जर्सी लगाइरहेका थिए । केही समय अगाडीमात्रै युनाईटेडले काभानीलाई ७ नम्बरको जर्सी दिएको थियो ।

Cavani set to keep Man United number 7

७ नम्बर जर्सी पोर्चुगिज स्टार रोनाल्डोको परिचयसँग जोडिएको छ । यसअघि पनि रोनाल्डोले छ सिजन म्यानचेस्टरमा बिताउँदा पनि ७ नम्बरको जर्सी लगाएका थिए । पोर्चुगलबाट खेल्दा पनि उनले ७ नम्बर जर्सी नै लगाउने गरेका छन् ।

रोनाल्डोका फ्यानहरुले पनि उनलाई ‘सी आर ७’ भनेर चिन्ने बोलाउने गरेका छन् ।

कभानीले कसरी रोनाल्डोलाई दिए ७ नम्बरको जर्सी ?

संयोगबस उरुग्वेका स्टार कभानीलाई सबैभन्दा मन पर्ने जर्सी नम्बर २१ । उनले केही महिनाअघि मात्रै ७ नम्बर जर्सी लगाएका थिए । ७ नम्बरको दाबेदार कोही नहुँदा उनले लगाएका थिए । उरुग्वेली टिमका लागि खेल्दा उनले लगाउने जर्सी २१ नम्बर हो ।

Manchester United fans react as Edinson Cavani eclipses Thierry Henry's record | Sportslens.com

तर, रोनाल्डो म्यान्चेस्टर आएपछि काभानीले आफ्नै मन पर्ने नम्बर २१ लिने सर्तमा रोनाल्डोले ७ नम्बरको जर्सी लगाएका हुन् । म्यानचेस्टरमा पछिल्लो समय २१ नम्बर जर्सी खालि पनि थियो । म्यान्चेस्टरले रोनाल्डोलाई ७ नम्बरको जर्सी र २१ नम्बर काभानीलाई दिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?