१३५.०१ अंकले घट्यो सेयर बजार

लोकपथ
169
Shares

काठमाडौं । आज (आइतबार) सेयर बजारमा भारी गिरावट आएको छ । बजार खुलेको २ घण्टा नबित्दै बजारमा १३० अंकभन्दा बढीको गिरावट आएको हो

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १३५.०१ अंकले घटेर २७९१.९७ विन्दुमा पुगेको छ । यता सेन्सेटिभ परिसूचक पनि २२.८३ अंकले घटेर ५१८.९४ विन्दुमा पुगेको छ ।


त्यसैगरी, यो समाचार तयार पार्दासम्म ६ अर्ब ३६ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भइसकेको छ ।

यो अवधिसम्म २ दर्जनभन्दा बढी कम्पनीको सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?