सत्यराज आचार्यको ‘संसार जित्ने राजा’ सार्वजनिक (भिडियाेसहित)

लोकपथ
2.2k
Shares

काठमाडौं । सत्यराज आचार्यको ‘संसार जित्ने राजा’ सार्वजनिक भएको छ । सत्यराज र उनका छोरा संगीतराज आचार्यको अभिनय रहेको उक्त गीत आज (आइतबार) सार्वजनिक भएको हो ।

युग यमनको शब्द तथा संगीत रहेको गीतलाई सत्यराजले छोराको विशेष दिन पारेर सार्वजनिक गरेका छन् । संगीत सात वर्ष पूरा भएको अवसरमा जन्मदिनको शुभकामना स्वरुप सत्यले यो गीत सार्वजनिक गरेका हुन् ।

संगीतको यो पहिलो म्युजिक भिडियो हो । भिडियो निर्देशन सत्यराज आचार्य स्वयम्ले गरेका हुन् ।

उनीहरु बुबा र छोराको भूमिकामा छन् भने आमाको भूमिकामा मलिना ठकुरीलाई देख्न सकिन्छ ।

बुबाछोराको वार्ताबाट सुरु भएको गीतमा प्रेमिल जोडी र सन्तान जन्मिन लाग्दाको खुसी आनि सन्तान प्राप्तिसँगै जीवनसाथी गुमाउनुपर्दाको पीडालाई उजागर गरिएको छ ।

भिडियाे हेर्नुहाेस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?