कारोबार खुलेको पहिलो घण्टामै सेयर बजारमा पहिरो !

लोकपथ
1.2k
Shares

काठमाडौं । पछिल्लो समय सेयर बजारमा निरन्तर गिरावट आइरहेको छ ।

साताको पहिलो कारोबार दिन आज (आइतबार) बजार खुलेको एक घण्टा नबित्दै सेयर कारोबार मापक नेप्से परिसूचक ८४.९६ अंकले घटेको छ । यो समाचार तयार पार्दासम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार नेप्से परिसूचक ८४.९६ घटेर २८४२.०३ विन्दुमा पुगेको छ । यता सेन्सेटिभ परिसूचक पनि १५.४५ घटेर ५२६.३३ विन्दुमा पुगेको छ ।

त्यसैगरी, ३ अर्ब २५ करोड ६८ लाख ६१ हजार रुपैयाँको कारोबार भइसकेको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रूपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रूपैयाँसम्म मात्र लिन सक्ने व्यवस्था गरेको थियो । योसँगै सेयर बजारमा निरन्तर गिरावट आएको छ ।

राष्ट्र बैंकको यो कदमले बजारमा निरन्तर गिरावट आएको भन्दै लगानीकर्ताहरुले विरोध गरिरहेका छन् । उनीहरुले सेयर धितो कर्जामा मौद्रिक नीतिमार्फत लागेको सीमा संसोधन गर्न माग गरेका हुन् । यद्यपी राष्ट्र बैंकले भने सो सीमा संसोधन नहुने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?