एकीकृत समाजवादीको संगठन विस्तार : ६ प्रदेशमा इन्चार्ज तोकियो (नामावलीसहित)

लोकपथ
507
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) पार्टीले संगठन विस्तार गरेको छ ।

एसले तत्कालका लागि पार्टी संरचनाको काम अघि बढाउनका लागि प्रदेश इन्चार्ज तोकेको छ । अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको स्थायी कमिटीको बैठकले प्रदेश इन्चार्जहरु तोकेको हो । तर सुदूरपश्चिम प्रदेशमा भने इन्चार्ज तोकिएको छैन ।

एसले अन्तरपार्टी निर्देशीका जारी गर्दै सो कुरा जानकारी गराएको हो ।

कुन प्रदेशमा कसले पायो जिम्मेवारी ?

प्रदेश नं १ : घनेन्द्र बस्नेत

प्रदेश नं २ : धर्मप्रसाद साह

बागमती प्रदेश : मुकुन्द न्यौपाने

गण्डकी प्रदेश : केशवलाल श्रेष्ठ

लुम्बिनी प्रदेश : भागवत विश्रामी

कर्णाली प्रदेश : प्रकाश ज्वाला

त्यसैगरी एकीकृत समाजवादीले उपत्यका इन्चार्जमा विश्वनाथ प्याकुरेल र विशेष इन्चार्जको जिम्मेवारी विजय गुरुङलाई तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?