मैलुङ खोलाको आईपीओ नेप्सेमा कहिले हुन्छ सूचीकृत ? यसो भन्छ कम्पनी

लोकपथ
312
Shares

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको लामो समय भइसक्दा पनि अझै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुन सकेको छैन । कम्पनीको आईपीओ साउन २६ गते मंगलबार बाँडफाँड भएको हो ।

बाँडफाँड भएको एक महिना बित्न लाग्दा पनि किन सूचीकृत भएन भन्ने प्रश्न आईपीओ पर्ने आम लगानीकर्ताहरुको मनमा उब्जिएको छ । हामीले लगानीकर्ताको यो जिज्ञासा मेटाउनको लागि मैलुङ खोला जलविद्युतसँग कुरा गर्दा सूचीकरणको सबै तयारी भइसकेको र कम्पनीको आईपीओ यसै  साताभित्रमा नेप्सेमा सूचीकृत हुने जानकारी दिएको छ ।

कम्पनीले साउन १४ गते, बिहीबारबाट साउन १९ गते, मंगलबारसम्म १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता साधारण सेयर (आईपीओ) सर्वसाधरणमा बिक्री बिक्री गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणलाई छुट्याएको थियो ।

कम्पनीको आईपीओमा २१ लाख १८ हजार ९२५ जनाले आवेदकले २ करोड ८४ लाख ४१ हजार ८ सय ४० कित्ताका लागि आवेदन दिएका थिए । गोलाप्रथाबाट बाँडफाँड गर्दा ६८ हजार ४ सय ७४ जनाले १० कित्ताका दरले सेयर हात थिए भने ६ जनाले ११ कित्ता सेयर प्राप्त गरेका थिए ।

 ओपनिङ्ग रेन्ज कति पाउला ?

कम्पनीको आईपीओले पहिलो कारोबारको लागि प्रतिकित्ता न्यूनतम ९५ रुपैयाँ ७५ पैसादेखि र अधिकतम २८७ रुपैयाँ २५ पैसासम्म ओपनिङ रेञ्ज पाउने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ को प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ ७५ पैसा रहेको छ । यसअर्थ कम्पनीको आईपीओलाई नेप्सेले ९५ रुपैयाँ ७५ पैसादेखि२८७ रुपैयाँ २५ पैसासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्ने सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?