आइएमई जनरल इन्स्योरेन्सले हकप्रद जारी गर्ने, बोर्डमा दियो निवेदन

लोकपथ
182
Shares

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्काशनको अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेको छ । कम्पनीले १०:४ अनुपातको हकप्रद निष्काशन गर्न अनुमति माग्दै भदौ १७ गते, बिहीबार बोर्डमा निवेदन दिएको हो ।

कम्पनीले चुक्ता पूँजीको ४० प्रतिशतले हुन आउने ४६ करोड ३० लाख ३४ हजार ४ सय रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड ७६ लाख रूपैयाँ रहेको छ ।

कम्पनीको गत वैशाख १२ गते सम्पन्न २३औँ वार्षिक साधारण सभाले चुक्तापुँजीको ७ प्रतिशत बोनस सेयर वितरण पश्चात कायम चुक्तापुँजीको ४० प्रतिशतले हुन आउने हकप्रद निष्काशनको गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त हकप्रद बीमा समितिबाट पनि स्वीकृत भइसकेको छ।

हकप्रद सेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?