अली बने काठमाडौंका मुख्य प्रशिक्षक

काठमाडौं। चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)का लागि काठमाडौं किङ्स-११ ले कलाम अलीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

काठमाडौंले शनिवार आफ्नो सामाजिक सञ्जालको माध्यमद्वारा अलीलाई नियुक्त गरेको जानकारी दिएको हो। सन्दीप लामिछानेको कप्तानीमा चौथो संकरणको ईपीएलमा प्रतिस्पर्धा गर्न गइरहेको काठमाडौंको टोलीले पाकिस्तानका पूर्व कप्तान तथा अलराउन्डर शहीद अफ्रिदीलाई पनि टोलीमा सम्मिलित गरिसकेको छ।

Fielding Practice of Nepal U19 Cricket Team at Noida Cricket Stadium –  WicketNepal

चौथो संस्करणको ईपीएल आगामी असोज ९ देखि २३ गतेसम्म आयोजना हुँदैछ। कीर्तिपुरस्थित त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदानमा खेलिने ईपीएलमा काठमाडौं किङ्स-११ सहित ललितपुर प्याट्रियट्स, भैरहवा ग्लेडिएटर्स, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारियर्सले प्रतिस्पर्धा गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?