काबुल । काबुलमा महिलाहरुले गरेको प्रदर्शनमा तालिवान अधिकारीहरुले हस्तक्षेप गरी प्रदर्शनकारीलाई तितरबितर पारेका छन् ।
तालिबानले काबुल नियन्त्रणमा लिएपछि शनिबार पहिलो पटक महिलाहरुले प्रदर्शन गरेका थिए । महिला अधिकार सुनिश्चितको माग गर्दै राष्ट्रपति भवनतर्फ बढेका प्रदर्शनकारीलाई तालिबान लडाकूले टियर ग्याँस र पानीको छर्रा फालिदिएका थिए । महिलाको प्रदर्शन नियन्त्रणबाहिर गएको तालिबानले आरोप लगाएको छ ।
प्रदर्शनकारी महिला सोरयाका अनुसार तालिवानले केहीलाई बन्दुकको कुन्दाले हिर्काएर रक्ताम्य बनाएका थिए । महिलाले हेरात प्रान्तमा पनि प्रदर्शन गरेका थिए । उनीहरुले काम गर्न पाउने अधिकार र तालिबान सत्तामा आफ्नो सहभागिताको सुनिश्चतताको माग गरेका थिए ।
तालिवानले छिट्टै नयाँ सरकार गठन गर्ने बताइरहेका छन् । तालिवानले महिलालाई सरकारका विभिन्न अंगमा सहभागीताको अवसर दिने बताए पनि महिलामन्त्री नबनाउने बताउँदै आएका छन् ।
यसअघि सन् १९६६ मा तालिवान सत्तामा हँुदा महिलाहरुलाई विभिन्न अधिकारबाट वञ्चित गरेकोले अहिले पनि महिला अधिकार कटौती हुन सक्ने चिन्ता अधिकारवादीहरुको छ । त्यतिबेला महिलालाई सम्पूर्ण शरीर ढाक्ने लुगा लगाउन बाध्य पार्नुका साथै सामान्य गल्तीमा पनि यातना दिन्थे । त्यस्तै, तालिवानले १२ वर्षमाथिका बालिकालाई विद्यालय जान प्रतिबन्ध लगाएका थिए ।
‘२५ वर्षअघि तालिबानले मलाई विद्यालय जान रोकेका थिए,’ पत्रकार अजिता नाजिमी भन्छिन्, ‘उनीहरुको शासन समाप्त भएपछि मैले २५ बर्ष मिहिनेत गरेर अध्ययन गरे । महिलाले त्यस्तो दिन फेरि भोग्नु नपरोस । ’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया