मार्सियालको पाँच वर्षपछिको गोलमा फ्रान्सको बराबरी

काठमाडौं। जारी फिफा विश्वकप २०२२ अन्तर्गत युईएफएको छनोट चरणको खेलमा वर्तमान विश्वकप विजेता फ्रान्सले युक्रेनसँग १-१ गोलको बराबरी खेलेको छ।

युक्रेनको घरेलु मैदानमा खेलिएको समूह ‘डी’को खेलमा घरेलु टोलीले पहिलो हाफमा अग्रता लिएको थियो। युक्रेनी मिडफिल्डर माईकोला सापालेनकोले खेलको ४४औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

France need rare Martial goal to draw in Ukraine - France 24

पहिलो हाफमा एक गोलले पछि परेको फ्रान्सले दोस्रो हाफमा बराबरी गोल गर्न सफल भएको थियो। फ्रान्सका लागि स्ट्राइकर एन्थोनी मार्सियालले खेलको ५०औं मिनेटमा बराबरी गोल गरेका थिए।

यससँगै मार्सियालले फ्रान्सको लागि पाँच वर्ष पश्चात् पहिलो अन्तराष्ट्रिय गोल गर्न सफल भएका छन्। म्यानचेस्टर युनाइटेडका स्ट्राइकर मार्सियालले आफ्नो खराब फर्मका कारण लामो समयदेखि टोलीमा स्थायी स्थान पाएका थिएनन्।

खेलमा अधिकांश समय बल आफ्नो कब्जामा राखेको फ्रान्सले निर्णायक गोल भने गर्न सकेन र दुवै टोलीले समान १-१ अंक बाँडेका छन्। यस नतिजासँगै समूह ‘डी’तर्फ फ्रान्स शीर्ष स्थानमा यथावत रहेको छ भने युक्रेन तेस्रो स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?