छ्याङ्कुटी – दिदिङ सडकखण्ड सञ्चालन

लोकपथ
259
Shares

सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल छ्याङ्कुटी–दिदिङ सडकखण्ड सञ्चालनमा आएको छ ।

अरुण तेस्रोको विद्युत् गृहस्थल जाने छ््याङ्कुटी–दिदिङ सडकखण्डको पहिरो हटाइएपछि आज दिउँसोबाट पुनः सडक सञ्चालनमा आएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

बिहीबार राति छ््याङ्कुटी–दिदिङअन्तर्गतको चिचिला गाउँपालिकाको दिदिङका विभिन्न स्थानमा खसेको पहिराका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको थियो ।

पहिराले अरुण तेस्रोको विद्युत् गृहस्थल पुखुवा र चिचिला गाउँपालिका जाने सडकखण्ड बिहीवार रातिबाट अवरुद्ध भएको थियो । छ्याङ्कुटी–दिदिङ सडकखण्ड सञ्चालनपछि बीच बाटामा रोकिएका सवारी गन्तव्यतर्फ लागेको प्रजिअ पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?