दाङ । दाङमा अटोमेटिक पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रुन्टीगढी गाउँपालिका ९ सखी घर भई हाल घोराही उपमहानगरपालिका–१३ बडहरा बस्ने २५ वर्षीय इन्द्रकमल बुढा मगर रहेका छन् ।
अवैध हतियार प्रयोग गरी सर्वसाधारणलाई त्रसित पार्दै हिँडेको सूचना पाएपछि शुक्रबार घर खानतलासी गर्दा घरको कोलियामा राखेको रा ५ प ८७६२ नम्बरको स्कुटरमुनि लुकाएर राखेको अवस्थामा एक राउण्ड गोली लोड गरेको पेस्तोल फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
बुढाले यसअघि स्थानीय साने घर्तीलाई धारिलो हतियार प्रहार गरी ज्यान मार्ने उद्योग कसुरमा २ वर्ष ६ महिना कैद सजाय भोगिसकेको प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया