वामदेवप्रति एमाले अध्यक्ष ओलीको कटाक्ष

लोकपथ
266
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामदेव गौतमप्रति कटाक्ष पोखेका छन् ।

शनिवार काठमाडौँमा पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उपप्रधानमन्त्री खानका लागि विरोध गर्दै हिँडेको बताए ।

उनले भने, ‘अहिले कस्तो भएको छ भने कसैलाई उम्मेदवार हुन मन छ भने कस्तो ब्यहोराको निवेदन हाल्छ भने तपाई केपी शर्मा ओली एकदमै तानाशाही हुनुभयो, पार्टीले भन्या मान्नुभएन, तपाई केपी शर्मा ओलीले हामीलाई सम्मान गर्नुभएन, तपाई केपी शर्मा ओलीले विकास मात्रै गर्नुभयो ? तपाई केपी शर्मा ओलीले खाली के जाती गरेँ, त्यसकारण तपाईंको पार्टी छोडेँ । उता उपप्रधानमन्त्री हुन पाउँ भने हुन्छ नि केपी शर्मा ओलीलाई किन गाली गर्ने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?