नेपालमा कोरोना : संक्रमित भन्दा निको हुनेको संख्या बढी (विवरणसहित)

लोकपथ
539
Shares

काठमाडौं । नेपालमा थप एक हजार २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ८७५ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा एक हजार २६८ जनाको नतिजा पोजिटिभ आएको हो ।

६ हजार ७५३ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार २४ र तीन हजार १२२ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २४४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण ९ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ८१८ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर २ हजार १९५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या सात लाख २५ हजार ६५१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?