११ चैत्र २०७९, शनिवार

नेपालीको अध्यक्षतामा २१ सदस्यीय समिति गठन

२०७४,आश्विन,२३,सोमवार ०७:४५

0
Shares

काठमाडौँ, २३ असोज ।यसवर्षको नेपाल संवत् ११३८ मनाउन साहित्यकार चित्तरञ्जन नेपालीको अध्यक्षतामा २१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।नागरिकस्तरमा गठन गरिएको उक्त ‘न्हुँदया समारोह समिति’ ले वर्षभरि नेपाल संवत्बारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रचारप्रसारलगायत विभिन्न गतिविधि गर्नेछ । समितिका पूर्व अध्यक्ष सल्लाहकार रहनेछन् ।अध्यक्ष नेपालीले शङ्खधर साख्वाले प्रचलनमा ल्याएको नेपाल संवत्मा चन्द्रमासमा गणना गरिने हुँदा यो वैज्ञानिक रहेको र यसलाई अभ्यासमा ल्याउनुपर्नेमा जोड दिए ।समितिका सल्लाहकार एवं राजनीतिज्ञ तीर्थराम डंगोलले नेपालबाट शुरु भएको नेपाल संवत्लाई राष्ट्रिय संवत्का रुपमा विकास गरी कामकाजमा प्रयोगमा ल्याउनुपर्ने बताए ।आगामी कात्तिक ३ गतेदेखि नेपाल संवत् ११३८ शुरु हुन्छ । संवत्का प्रवर्तक साख्वालाई राष्ट्रिय विभूतिका रुपमा सम्मान गरिँदै आएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२३,सोमवार ०७:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ

चितवन । तपाईको शरीरमा कतै सानोतिनो ट्यूमर त छैन ? समय समयमा शरीरका विभिन्न भागमा परीक्षण गर्ने गर्नुहोस् । अन्यथा

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११