अब्बल मोडल बन्दै मुना

चपली हाइटले नेपालको चलचित्र वृत्तमा राम्रो चर्चा बटुलेपछि यसको सिक्वेल आयो चपली हाईट–२ । यही चलचित्रमा रुबीको भूमिका थिइन् मोडल मुना गौचन । यो सिक्वेलले पहिलो जस्तो चर्चा नपाए पनि यसका अभिनेत्री मुना गौचन चलचित्र वृत्तमा केही मार्क भइन् ।

मुना गौचनको मूल प्रोफेसन मोडलिङ भए पनि उनले विभिन्न सौन्दर्य प्रतियोगिता र चलचित्रमा आफूलाई राम्ररी प्रस्तुत गर्न सफल भइन् ।

सन् २०१९ मा आयोजना भएको मिस इको इन्टरनेशनलको उपाधि विजेता मुना गौचन नेपालको प्रतिनिधित्व गर्दै टर्कीको इस्तानबुलमा समेत सहभागी भइन् । यसअघि पनि मुनाले ‘फेस अफ क्लासिक डायमन्ड २०१७’ को उपाधि जितेकी थिइन् ।

म्युजिक भिडियोमा समेत अभिनय गरेकी मुनाको मूल प्रोफेसनल भनेको मोडलिङ नै हो । उनले आफूलाई नेपालको र्‍याम मोडलिङको क्षेत्रमा आफूलाई प्रोफेसनल रूपमा प्रस्तुत गरेकी थिइन् । उनले केही टेलिभिजनहरूमा प्रसारण भएका विज्ञापनहरूमा पनि अभिनय गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?