नेतृ झाँक्रीले भनिन् – ‘एकीकृत समाजवादी रोजे शाक्य र आचार्यको मुख्यमन्त्री पद जोगिन्छ’

लोकपथ
329
Shares

विराटनगर । नवगठित नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफूहरुको दल रोजे मुख्यमन्त्री पद जोगिने बताएकी छन् ।

शनिबार विराटनगरमा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले दुवै मुख्यमन्त्रीले एकीकृत समाजवादी दल रोजेमा मुख्यमन्त्री पद सुरक्षित गरिदिने बताएकी हुन् । नेतृ झाँक्रीले मुख्यमन्त्री आचार्य र शाक्य एमालेमै रहे अल्पमतमा परेर पद गुमाउनुपर्ने पनि बताइन् ।

एमाले विभाजन भएपछि नेकपा एमालेले माधवकुमार नेपाल पक्षका नेताहरु वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई र प्रदेश १ मा भीम आचार्यलाई मुख्यमन्त्री बनाएका थिए । तर प्रदेशसभामा नेकपा एमालेका सांसदले एकीकृत समाजवादी रोजेपछि दुबै मुख्यमन्त्री अल्पमतमा परेका छन् ।

एकीकृत समाजवादी पार्टी नामले नै समावेशी पार्टी भएको दावी गर्दै महिला र युवाहरुलाई सहभागितामा उच्च प्राथमिकता दिइने उनले बताइन्। उनले युवा र नयाँ पुस्तालाई आफ्नो पार्टीमा आउन आग्रह गर्दै भनिन, ‘युवा र महिलालाई बराबरी सहभागिता हुन्छ। यसैले म नयाँ पुस्तालाई हाम्रो पार्टीमा आउन आग्रह गर्छु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?