जुम्ला । नेकपा एमाले जुम्लाको सिंगो जिल्ला कमिटी नै नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएको छ।
नेकपा एमाले जुम्लाको कुल ६१ जना जिल्ला समिति सदस्यमा दुई जना निर्वाचिन जनप्रतिनिधि र एकजना मनोनित सदस्यबाहेक सबै एकीकृत समाजवादीमा लागेका हुन्।
नेकपा एकीकृत समाजवादी जुम्लाले पत्रकार सम्मेलनको आयोजना गरेर नेकपा एमालेका सबै संगठनहरु एकिकृत समाजवादी पार्टीमा रहेको जनाएको छ।
योसँगै युवासंघ नेपाल, अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान महासंघ, प्रध्यापक संघ, शिक्षक संगठन, निजामती कर्मचारी संगठन र त्रिवि माताहतका सबै संगठन समाजवादीतिरै रहेको एकीकृत समाजवादीले दाबी गरेको हो।
नेकपा एमालेतिर हाल मेनका पछाइ, लाल भट्टराई उभिएका छन्। धीरबोहोरा मनोनीत सदस्य भएकोमा पार्टीले यसअघि निष्कासन गरिसकेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया