म्यानचेस्टर युनाइटेड आइपुगे क्रिस्टियानो रोनाल्डो

लोकपथ
427
Shares

काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो शुक्रबार इंग्ल्यान्ड आइपुगेका छन् । रोनाल्डो १२ वर्षपछि म्यानचेस्टर युनाइटेड फर्किएका हुन् ।

उनी १९.८ मिलियन पाउण्डमा युभेन्टसबाट युनाइटेडमा अनुबन्ध भएका हुन् । उनले दुई वर्षका लागि क्लबसँग सम्झौता गरेका छन् ।

पाँच दिनको क्वारेन्टिनपछि रोनाल्डो टिमको प्रशिक्षणमा सामेल हुने छन् ।

विश्वकप छनोटअन्तर्गत आयरल्याण्डविरुद्ध दुई गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १११ गोल गर्ने कीर्तिमान बनाएका रोनाल्डोले उक्त खेलमा दुई गोल गरेका थिए ।

गोलपछि जर्सी फुकालेका कारण उनले पहेँलो कार्ड पाएका थिए । त्यसअघिको खेलमा पनि उनले पहेँलो कार्ड पाइसकेकाले अजरवैजनविरुद्धको खेल उनले नखेल्ने भएका हुन् ।

पोर्चुगल टिमका प्रशिक्षक फर्नान्डो सान्टोसले उनलाई अजरवैजनविरुद्धको खेलअघि इंग्ल्यान्ड फर्कनका लागि अनुमति दिएका हुन् ।

उनलो युनाइटेडमा पुरानै जर्सी नम्बर सात पाउने भएका छन् । उनले रेड डेभिल्सका लागि सेप्टेम्बर ११ मा न्युक्यासलविरुद्ध मैदान उत्रँदै दोस्रो डेब्यु गर्ने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?