दोस्रो टी-ट्वान्टीमा पनि न्युजिल्यान्डमाथि बंगलादेशको जित

काठमाडौं। बंगलादेश भ्रमणमा रहेको न्युजिल्यान्डको क्रिकेट टोलीले लगातार दोस्रो हार बेहोरेको छ।

ढाकास्थित शेरे बांग्ला स्टेडियममा शुक्रवार खेलिएको दोस्रो टी-ट्वान्टी खेलमा घरेलु टोलीले न्युजिल्यान्डमाथि ४ रनको जित दर्ता गरेको छ। खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४१ रनको सामान्य लक्ष्य तयार पारेको थियो।

Liton Das plays towards the covers, Bangladesh vs New Zealand, 2nd T20I, Dhaka, September 3, 2021

बंगलादेशका लागि ओपनरद्वय मोहम्मद नैम तथा लिटन दासले क्रमशः ३९ तथा ३३ रन बनाएका थिए। त्यस्तै कप्तान महमुदुल्लाहले अविजित ३७ रन बनाएका थिए। किविजका लागि रचिन रवीन्द्रले सर्वाधिक ३ विकेट लिन सफल भएका थिए।

जवाफी ब्याटिङमा १४२ रनको लक्ष्य लिएर मैदानमा उत्रेको न्युजिल्यान्डको टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै मात्र १३७ रन बनाउन सफल भयो। किविजका लागि कप्तान टम लेथमले अविजित ६५ रन बनाउँदा विल यङले २२ रनको पारी खेले।

Shakib Al Hasan dismissed Rachin Ravindra, Bangladesh vs New Zealand, 2nd T20I, Dhaka, September 3, 2021

बंगलादेशका मेहदी हसन तथा शकीब अल हसनले समान दुई-दुई विकेट लिन सफल भएका थिए। खेलमा बंगलादेशका कप्तान महमुदुल्लाह ‘म्यान अफ दि म्याच’ घोषित भए। यस जितसँगै बंगलादेशले ५ खेलको शृंखलामा २-० को अग्रता लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?