प्रहरी अतिरिक्त महानिरीक्षकहरुको सरुवा

लोकपथ
56
Shares

काठमाडौं । सरकारले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा गरेको छ ।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको निर्णयलाई रोकेर गृहमन्त्री बालकृष्ण खाणले एआईजीहरुको सरुवा गरेका हुन् ।

जसअनुसार विश्वराज पोखरेललाई मानव स्रोत तथा प्रशासन विभागमा पठाइएको छ । त्यसैगरी एक महीनादेखि जिम्मेवारीविहीन रहेका एआईजी सह–कुलबहादुर थापालाई कार्य विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

अपराध अनुसन्धान विभागको जिम्मा एआईजी प्रद्युम्न कार्कीलाई दिइएको छ । यस्तै प्रहरी प्रशिक्षण प्रतिष्ठानमा एआईजी निरजबहादुर शाहीलाई पठाइएको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी हरिबहादुर पाललाई भने सरुवा गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?