सुर्खेत २९ चैत । उच्च अदालत सुर्खेतले चालु आर्थिक वर्षको अहिलेसम्म २१८ वटा मुद्दा फछ्र्यौट गरेको छ ।अघिल्लो आर्थिक वर्षका बाँकी रहेका ९७ वटा मुद्दासहित अदालतमा परेका २४९ मुद्दामध्ये चैतको २७ गतेसम्म २१८ मुद्दा पछ्र्यौट गरेकोे हो । अघिल्लो आर्थिक वर्षका बाँकी रहेका ९७ वटा मुद्दामा ७४ वटा मुद्दा फछ्र्यौट भएको उच्च अदालतका रजिष्टार उपेन्द्रबाबु थपलियाले जानकारी दिए ।रजिष्टार थपलियाका अनुसार फछ्र्यौट भएका मुद्दामा दुनियावादी मुद्दा २४, सरकारवादी फौज्दारी १४९, सरकारवादी देवानीसम्बन्धी ३२, साधक छ र रिटसम्बन्धी मुद्दा सात वटा रहेका छन् । अब एक वर्ष्भित्रको १२७ र एक वर्षदेखि १८ महिनासम्मको चार वटा मुद्दा फछ्र्यौट गर्न बाँकी रहेका छन् ।चालु आर्थिक वर्षमा वाणिज्य इजलास तर्फका दुई वटा मुद्दा परेको र ती दुबै फछ्र्यौट भइसकेको रजिष्टार थपलियाले जानकारी दिए ।उच्च अदालतले छिटोछरितो रुपमा न्याय सम्पादन गर्ने गरेकोे उल्लेख गर्दै उनले अदालतले आफ्नो काम कारवाहीलाई छिटो, छरितो र सहज बनाउनका लागि समुदाय र सेवाग्राहीसँग पनि छलफल गर्ने गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया