विश्वप्रकाश शर्माले भने- ‘चाँडैनै म मैदानमा हुनेछु’

लोकपथ
429
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चाँडै नै आफू महाधिवेशनको मैदानमा हुने बताएका छन् ।

उम्मेदवारी घोषणा कहिले भन्दै प्रश्न गर्न शुभचिन्तक, मित्रहरु तथा पार्टी पंक्ति र प्रेस जगतले सोधको प्रश्नको उत्तर दिँदै प्रवक्ता शर्माले सो कुरा बताएका हुन् ।

‘चाँडैनै म मैदानमा हुनेछु, शुभेच्छा र साथ चाहन्छु ।’ उनले भनेका छन् ।

आफूले कांग्रेस प्रवक्ता हुँदाको क्षणमा भनेका भनाइहरु स्मरण गर्दै आफू प्रवक्ताबाट रिटायर्ड नहुने समेत जिकिर गरे । त्यसैगरी आजबाट सुरु भएको वडा अधिवेशनको सबैमा शुभकामना समेत व्यक्त गरेका छन् ।

‘उम्मेदवारी घोषणा कहिले ? शुभचिन्तक मित्रहरू, पार्टी पंक्ति र प्रेसको प्रश्न र जिज्ञासाप्रति आभारि छु । ‘प्रवक्ताबाट रिटायर्ड हुन आएको होइन’ भन्दै आएको थिएँ । ‘वडा अधिवेशन’ शुरु भएको आजको दिन सबै उम्मेदवारलाई शुभकामना ।’ प्रवक्ता शर्माले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?