दार्चुलामा भारतीय सुरक्षाकर्मीले उडायो हेलिकोप्टर, के भन्छ प्रशासन ?

लोकपथ
154
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशको दार्चुलामा लगातार दुई दिन भारतीय सुरक्षाकर्मीले हेलिकोप्टर उडाएको छ ।

दार्चुलाको सदरमुकाम खलंगामा बुधबार र बिहीबार भारतीय पक्षले हेलिकोप्टर उडाएको प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले बताए ।

‘भारतीय पक्षले सदरमुकाममा दुई दिन चार÷पाँच पटक हेलिकोप्टर उडाएको हो ।’ उनले भने, ‘हामीले हेलिकोप्टर नउडाउन पत्र पठाइसकेका छौं ।’

उनले भारतीय पक्षले सदरमुकाममा हेलिकोप्टर उडाउनको कारणबारे जानकारी नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?