काठमाडौं । सरकारले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा मिलन कुमार थापालाई नियुक्त गरेको छ ।
शुक्रबार (आज) प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुर गोदावरी–१ का थापालाई पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा नियुक्त गरेका हुन् ।
शुक्राबार थापालाई प्रधानमन्त्रीस्तरीय निर्णयाअनुसार पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ को दफा ८ को उपदफा ८।२।१३ बमोजिमको सदस्य सचिवमा नियुक्त गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन्त्र मन्त्रालयका सहचिव तारानाथ अधिकारीले जानकारी गराएका छन् ।
हिन्दू धर्मको शिव तान्त्रिकमा विद्यावारिधी गरेका उनले आगामी ४ वर्ष कोषको नेतृत्व गर्नेछन् ।
यसअघि कोषका सदस्यसचिव डा. प्रदीप ढकाल रहेका थिए ।
को हुन् उनी ?
कोषका निवर्तमान कोषाध्यक्ष थापा प्रधानन्त्री पत्नी आरजु देउवा निकट हुन् । उनलाई कोषको सदस्य सचिव बनाउन देउवा परिवार निकट रहेको बतास समूहका आनन्दराज बतास सक्रिय थिए । उपराष्ट्रपति नन्दकिशोर पुन र उनका छोरा दिपेश पुनसँग पनि थापाको निकट सम्बन्ध रहेको स्रोतको दाबी छ ।
कुनै बेला विश्व हिन्दु महासंघमा सक्रिय रहेका थापा तन्त्र विद्यामा विद्यावारिधि गरेका छन् ।
त्यसैगरी नेकपा एमाले, ललितपुर जिल्ला कमिटीका सदस्य रहेका गोदावरीका थापा प्रहरीबाट एमाले राजनीतिमा छिरेका नवराज सिलवालसँग समेत उनको निकटता रहेको छ ।
यो पनि
पशुपतिको सदस्य-सचिव हत्याउन शक्तिकेन्द्रको दौडधुप
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया