ट्वीटरमा ट्वीट अर्काइभ गर्न मिल्ने फिचर आउँदै

लोकपथ
91
Shares

काठमाडौं । अब ट्वीटरले स्वायत्त रुपमा ट्वीट अर्काइभ गर्न मिल्ने फिचर ल्याउने भएको छ । धेरै मान्छेहरुले आफ्नो पुरानो ट्वीटहरुको कारण विवादमा आईरहनुपरेको देखिन्छ । त्यस कारण केही प्रयोगकर्ताहरुले ट्वीटडिलिट डट नेट जस्ता टूल प्रयोग गरेर पुरानो ट्वीटहरुलाई डिलिट गर्न थालेका थिए ।

यही समस्यालाई हटाउनका निम्ति ट्वीटरले स्वायत्त रुपमा ट्वीट अर्काइभ गर्न मिल्ने फिचर निर्माण गर्न लागेको जनाएको छ । यो फिचरले केही समयपछि स्वायत्त रुपमा ट्वीट अर्काइभ गर्न मिल्छ । यो कहिले सार्वजनिक हुन्छ भनेर कम्पनीले केही पनि जानकारी दिएको छैन्।

यसमा ३० दिन, ६० दिन र ९० दिनबाट छान्न पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?