ओखलढुंगाका ७५ वटै वडामा अधिवेशन हुँदै : कतै निर्वाचन, कतै सर्वसम्मत

लोकपथ
308
Shares

ओखलढुंगा । जिल्लाका ७५ वटै वडाहरुमा नेपाली कांग्रेसको वडा अधिवेशन भइरहेको छ ।

जिल्लाका ८ पालिका (एक नगरपालिका) का ७५ वटा वडाहरुमा अधिवेशनको प्रक्रिया सुरु भएको निर्वाचन अधिकृत कीर्तिनाथ शर्मा पौडेलले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार सकेसम्म सबै वडामा आजै र नभ्याइएमा भोलि अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको उनले बताए । ‘जिल्लाका ८ पालिकाका ७५ वटा वडामा अधिवेशनको प्रक्रिया सुरु भइसकेको छ । कतै सर्वसम्मत र कतै निर्वाचन भइरहेको छ । ’ उनले भने ।

मौसमी केही प्रतिकुलता रहेपनि निर्वाचनका आचारसंहिता पालना गर्दै भौतिक दूरी कायम गर्दै निर्वाचन भइरहेको उनले बताए ।
‘केही मौसमी प्रतिकुलता रहेको छ । तर जनस्वास्थ्यका मापदण्डहरु पालना गर्दै सौहार्दपूर्ण तवरबाट अधिवेशन भइरहेको छ ।’ शर्माले बताए, ‘धेरै ठाउँहरुमा सर्वसम्मत भइरहेको छ भने केही ठाउँहरुमा मात्रै निर्वाचन भएको छ ।’

कांग्रेसको आगामी १४ औँ महाधिवेशन अन्तर्गत आजबाट वडा अधिवेशन सुरु भएको छ । आगामी मंसिर ९ देखि १३ गतेसम्म हुने कांग्रेसको महाधिवेशनका लागि विभिन्न चरणहरुमा अधिवेशन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?