विराटनगर, २९ चैत – अस्वाभाविक यौन चाहना बोकेकाले समयमै उपचार गराएमा एवं पीडितको मनोबल गिर्न नदिएमा बलात्कारको घटनामा धेरै कमी आउने एक वरिष्ठ मनोचिकित्सकले बताएका छन् ।विराटनगरस्थित कोसी अञ्चल अस्पतालका वरिष्ठ मनोरोग चिकित्सक डा.रोशन पोखरेलले बलात्कारको मनोस्थिति बन्नु एक जटिल मानसिक रोग भएको जनाए ।उनले यसलाई रोक्न त्यस्ता विकृत मानसिकता बोकेकाको उचित उपचार र लामो अदालती प्रक्रियाका कारण मुख खोल्न नचाहने पीडित पक्षको मनोबल बढाउन जरुरी भएको बताए । बलात्कारको प्रयास नै पनि गम्भीर मानसिक रोगको परिणाम भएको डा.पोखरेलले औंल्याए । उनका अनुसार लुकाउँदा अपराधीको मनोबल बढ्छ भने न्याय एवं उपचार नपाउँदा पीडितलाई आजीवन पुरुष तथा यौनप्रति नै नकारात्मक भावनाले जरो गाड्छ, कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया