काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले दार्चुलामा नेपाली भूमि माथि भारतीय सुरक्षाकर्मीको हेलिकोप्टर निरन्तर उडिरहेको भन्ने समाचारबारे छानबिन गर्न माग गरेका छन् ।
शुक्रबार ट्वीट गर्दै नेता गुरुङले उक्त घटनाले नेपाली राष्ट्रिय स्वाधिनतामाथि भारतको ठाडो हस्तक्षेप रहेको बताउँदै सरकारको ध्यानाकर्षण गराएका छन् ।
केही दिनयता दार्चुलामा भारतीय सुरक्षाकर्मीको हेलिकप्टर आइरहेको भन्ने खबरहरु सार्वजनिक भइरहेका छन् ।
सोही प्रशंगमा ट्वीट गर्दै नेता गुरुङले यस्ता विषयमा सरकार टुलुटुलु हेरेर बस्न नहुने बताउँदै भारतका प्रधानमन्त्रीसँग कुरा गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
दार्चुलामा नेपाली भूमिमाथि भारतीय सुरक्षाकर्मीको हेलिकप्टर निरन्तर उडिरहेको भन्ने खवर पढें।
यो त हाम्रो राष्ट्रिय स्वाधीनतामाथि भारतको ठाडो हस्तक्षेप हो। यस्ता विषयमा सरकार निरिह बनेर टुलुटुलु हेरेर बस्नु हुँदैन।
यस सन्दर्भमा भारतीय @PMOIndia सँग कुरा गर्नुहोस् @PM_nepal_ ज्यु!— Dhan Raj Gurung (@dhanrgrg) September 3, 2021