काठमाडौं । नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) बीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान गर्ने सम्झौता भएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल पर्यटन बोर्ड र टानबीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान गर्ने सम्झौता भएको हो । कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले नेपाल पर्यटन बोर्डको गल्ती भए सुझाव दिन तर अन्यथा नकारात्मक टिकाटिप्पणी नगर्न आग्रह गरे । उनले राज्यले ध्यान दिन नसकेको बेलामा पर्यटन बोर्डले ७० हजार म्याण्डेजदेखि १ लाख म्याण्डेजको काम खोज्नु भनेको आफैँमा उदाहरणीय काम भएको बताए ।
प्रमुख कार्यकारी अधिकृत रेग्मीले भने, ‘हाम्रो गल्ती छ भने हामीलाई सुझाव दिनुपर्यो, हामीलाई भन्नुपर्यो, हामी सुध्रिन्छौँ, तर नेगेटिभ टिप्पणी मात्रै गर्नुभन्दा अगाडि आज राज्यले नै त्यति ध्यान दिन नसकेको बेलामा पर्यटन बोर्डले ७० हजार म्याण्डेजदेखि १ लाख म्याडेजसम्मको काम खोज्नु भनेको आफैँमा एउटा उदाहरणीय काम हो जस्तो मलाई लाग्छ, प्रचारप्रसारमा पनि हामी लागि परिरहेका छौँ, कोरोनाको यस्तो बेलामा पनि हामीले नेपाललाई चिनाउन भिडियो, अडियोहरु बनाइरहेका छौँ, हामी अहिले पहिलाभन्दा अझै अग्रसर भएर काम गरिरहेका छौँ, संसारभर नै एक प्रकारले नेपाललाई प्रिजेन्ट गर्दा म गएर एक तरिकाले गर्छु, अमेरिकाको दूतावासले अर्को तरिकाले गर्ला, त्यस्तो नहोस्, नेपाल एउटै हो, त्यसलै बरु हामी डिस्कस गरौँ, के कस्तो खालको नेपाल चिनाउन खोजिएको हो ग्लोबली ?हामी कन्फ्यूज नगरौँ, भनेर अहिले नेपाल पर्यटन बोर्डले त्यतातिर पनि काम गरिरहेको छ, पर्यटन बोर्ड मूल उद्देश्य छोडेर बाहिर गएको छैन, हामी पर्यटन व्यवसायीहरु पलायन नभइ काम गरौँ ।’
त्यस्तै कार्यक्रममा टानका अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटन विकासको लागि समूहगत रुपमा काम गरिरहेको बताए । उनले पर्यटन व्यवसायसँग जोडिएका सबै श्रमीकहरुको सहकार्य र सहयोगमै टानले आफ्नो काम अघि बढाइरहेको जानकारी दिए । पर्यटन बोर्डसँगको यो सम्झौताको काम टानले दत्तचित्त गर्ने बताउँदै अध्यक्ष सुवेदीले सबै साथीहरुलाई जोडेर अन्तिममा गोल हान्ने काम टानको हातमा रहेको बताए।
अध्यक्ष सुवेदीले भने, ‘हामी नेपााल टुरिजम बोर्डसँग डाइरेक्ली नै इन्भल्व छौँ, हरेक दिन जस्तो यसम्बन्धी विभिन्न विषयवस्तुमा मिटिङ गरिरहेका छौँ, हामी ढिला होइन, संयुक्त रुपमा काम गरिरहेका छौँ, हिरोको रोलपछि हुन्छ भनेझैँ टानले आफ्ना गतिविधिमा सबै श्रमिक साथीहरुसँग सहकार्य गर्दै आएर अन्तिममा अरु साथीहरुलाई जोडेर अन्तिममा गोल हान्ने काम टानले गरेको छ, हामीले सम्पूर्ण पर्यटसँग रिलेटेड श्रमिकहरुलाई रोजगारी दिनु पर्नेछ, त्यसले टान पनि एउटा पात्र भएको हुनाले टानले यो सम्झौता गरिरहेका छौँ, खासगरी नेपाल टुरिजम बोर्डसँग सहकार्य र रिलेसन बढाउने कुरोमा अहिलेको टानको कार्यसमिति दत्तचित्त भएर लाग्नेछ, तपार्इंहरुले गरेको कामहरुमा दाहिने हात भएर अगाडि बढ्नेछ, टानको अहिलेको कार्य समितिको समय अवधि केही समय मात्र बाँकी छ, तर आउने कार्य समितिले पनि हाम्रा गाइडलाइन, पदचापलाई फलो गर्नेछन्, यस अर्थमा पनि हामीले सम्पूर्ण टीमको तर्फबाट यो कार्यक्रमलाई अघि बढाउनेछौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया