काठमाडौँ । प्रदेश नं. २ मा नेकपा (एमाले) विभाजित हुँदा नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा बहुमत देखिएको छ ।
संसदीय दलका २१ मध्ये बिहीबार प्रदेश नं. २ को निर्वाचन आयोगको कार्यालयमा उक्त दल रोजेर सनाखत गर्ने ११ जना पुगेका हुन् । दश जना उपस्थित भएर र हाल दिल्लीमा उपचाररत डिल्लीप्रसाद उप्रेतीले हिजै साँझ निर्वाचन आयोगको स्वीकृतिमा त्यहाँस्थित नेपाली दूतावासमार्फत समाजवादी दल रोजेको पत्र आएपछि यो सङ्ख्या ११ पुगेको हो ।
सनाखत गर्नेहरूमा संसदीय दलका नेता रहेका शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, नागेन्द्र यादव, खुशीमा खातुन, प्रमोद यादव, रवीन्द्र बैठा, बेची लुङ्गेली, अशोक यादव, मदन जैन श्रीवास्तव र मञ्जु यादव छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया