लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार : मुख्यमन्त्री केसीले आफैँसँग राखे ८ मन्त्रालय (पत्रसहित)

लोकपथ
429
Shares

काठमाडौं । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर भएको छ ।

मुख्यमन्त्री कुल बहादुर केसीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् हेरफेर तथा कार्यविभाजन गरेका हुन् ।

शुक्रबार लुम्बिनी प्रदेशको प्रमुखको कार्यालयले एक विज्ञप्ति जारी गर्दै सो बारेमा जानकारी गराएको हो ।

जसअनुसार मुख्यमन्त्री केसीले आफूसँग ८ वटा मन्त्रालय राखेका छन् ।

त्यसैगरी पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रीमा डिल्लीबहादुर चौधरी, आर्थिक मामिला तथा सहकारी मन्त्रीमा कृष्णध्वज खड्का,भौतिक पूर्वाधार विकास मन्त्रीमा सहसराज यादव नियुक्त भएका छन् ।

त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा अजय शाही नियुक्त भएका छन् भने सुमन शर्मा रायमाझी र पुर्मती ढेंगा विनाविभागीय मन्त्री रहेका छन् ।

लुम्बिनी प्रदेश माओवादी संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री केसीलाई माओवादीसहित नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी समेतको साथ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?