काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वडा तहदेखि नै कांग्रेसको आन्तरिक प्रतिस्पर्धालाई मित्रवत् बनाउनुपर्नेमा जोड दिएका छन् ।
आजबाट सुरु भएको वडा अधिवेशनका क्रममा शुभकामना दिँदै महामन्त्री कोइरालाले वडा तहदेखि नै आपसी एकता र विश्वासमा आधारित नेपाली कांग्रेसको आगामी गति र परिचालनले मुलुकको भाग्य र भविष्य कोर्नुपर्ने बताए ।
उनले भने, ‘वडा तहदेखि नै पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धालाई मित्रवत् बनाउदै आपसी एकता र विश्वासमा आधारित नेपाली कांग्रेसको आगामी गति र परिचालनले मुलुकको भाग्य र भविष्य कोर्नुपर्नेछ।’
आगामी महाधिवेशनबाट वडा तहदेखि नै लोकतान्त्रिक व्यवस्थाको औचित्य र गरिमालाई उच्च राख्नुपर्ने बताउँदै देशभरका क्रियाशील सदस्यहरुलाई सुझबुझपूर्ण ढंगले सहभागी भई अधिवेशन सफल बनाउन आग्रह गरे ।
‘लोकतान्त्रिक व्यवस्थाको औचित्य र गरिमालाई उच्च राख्नु पर्नेछ । पार्टी, लोकतन्त्र र सिंगो राष्ट्रको वहु(आयामिक भविष्य निर्माणको जगमा उभिएका तमाम कृयाशील साथीहरूको सुझबुझपूर्ण निणर्य प्रति म पूर्ण विश्वस्त छु र वडा अधिवेशनको सम्पूर्ण सफलताको शुभकामना दिन चाहन्छु ।’ उनले भने ।
वडा तहदेखि नै अधिवेशनको प्रक्रिया आरम्भ भएर केन्द्रीय महाधिवेशनसम्म एउटा आकर्षक सांगठनिक पिरामिड निर्माण हुने गौरवशाी वैधानिक परम्पराको सुरुवात आजबाट भएको बताए ।
‘नेपाली कांग्रेसको १४ औ महाधिवेशन आजबाट औपचारिक रुपमा प्रारम्भ हुँदैछ ।’,उनले अघि भनेका छन्, ‘वडा तहदेखि अधिवेशनको प्रकृया आरम्भ भएर केन्द्रीय महाधिवेशनसम्म एउटा आकर्षक सांगठनिक पिरामिड निर्माण हुने गौरवशाली वैधानिक परम्परा को श्रीगणेश आजबाट गर्दैछौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया