काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनावमा कांग्रेसको उपस्थिति बलियो रहने दाबी गरेका छन् ।
शुक्रबार (आज) भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ को वडा अधिवेशन उद्घाटन समारोहमा बोल्दै कांग्रेस सभापति समेत रहेका देउवाले भक्तपुरमा पार्टी बलियो अवस्थामा रहेको पनि बताए ।
केहीअघि एमाले नेता महेश बस्नेतले भक्तपुरमा शेरबहादुर देउवालाई चुनावमा उठाए आफू लड्न तयार रहेको बताएको प्रति लक्षित गर्दै देउवाले भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई हराएर देखाउन चुनौती दिए ।
भदौ पहिलो साता बस्नेतले भक्तपुरमा कांग्रेसका सभापति शेरबहादुर देउवालाई उठाए पनि आफूले सहजै रुपमा विजय हासिल गर्ने दाबी गरेका थिए । बस्नेतले आगामी निर्वाचनपछि भक्तपुरमा कांग्रेसलाई सिला खोज्नुपर्ने अवस्था आउने चेतावनी समेत दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया