‘कमेडी च्याम्पियन–२’ बाट बाहिरिइन् ऋचा शर्मा

लोकपथ
2.5k
Shares

काठमाडौं । अभिनेत्री ऋचा शर्मा लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन–२’ बाट बाहिरिएकी छन् ।

आमा बन्ने मिति नजिकिएपछि उनले शो छोडेकी हुन् । उत्कृष्ट ३ प्रतियोगी छनौटसम्म निर्णायकको रुपमा रहेकी शर्मा फाइनल प्रतियोगितामा भने शोमा अब देखिने छैनन् ।

‘कमेडी च्याम्पियनको फाइनल अब दुई सातापछि हुनेछ । सो समय डाक्टरले दिएको मेरो आमा बन्ने डेट हो’ शर्माले भनिन्, ‘अहिलेसम्म शोमा रहेपनि फाइनलमा भने उपस्थित हुन नसक्ने भए ।’ डाक्टर लगायत सबैले अब त रेस्ट गर्नुपर्छ भनेपछि सोका अबको एपिसोडमा सहभागी नहुने निर्णय समेत गरेको उनले सुनाइन् ।

उनले बिदा लिएपछि अब शोमा निर्णायकको रुपमा सन्तोष पन्त, मनोज गजुरेल र प्रदिप भट्टराई मात्र देखिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?