उत्साहपूर्वक ढंगले वडा अधिवेशनमा सहभागी हुन गगन थापाको आग्रह 

लोकपथ
130
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले आजबाट प्रारम्भ भएको कांग्रेसको वडा अधिवेशनमा उत्साहपूर्ण ढंगले सहभागी हुन आग्रह गरेका छन् ।

वडा तहले नै पार्टी कुन बाटोमा हिँडाउने संरचना भएको भन्दै नेता थापाले देशभरका क्रियाशील सदस्यहरुलाई त्यस्तो आग्रह गरेका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता थापाले भनेका छन्, ‘नेपाली कांग्रेसको वडा तहको अधिवेशन आज आरम्भ हुंदैछ।वडा पार्टी संरचनाको आधारभूत तह मात्र होइन यो पार्टीलाई कुन बाटो हिँडाउने र कस्तो नेतृत्व दिने भनेर लाखौँ क्रियाशील सदस्यले निर्णय गर्ने मूल ठाउँ पनि हो।सम्पूर्ण क्रियाशील साथीहरूलाई उत्साहपूर्वक यो प्रक्रियामा सहभागी हुन अनुरोध गर्दछु।’

सोही क्रममा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भएको बताए ।

पार्टीको आजदेखि प्रारम्भ भएको वडा अधिवेशनका अवसरमा भिडियो सन्देश जारी गरी उनले स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र सङ्गठनको जग मजबुत बनाउँदै जनजनमा लोकतन्त्रको रक्तसञ्चार गर्ने उल्लेख गरेका छन्। सभापति देउवाले भनेका छन्, ‘देशभरका साथीहरूलाई लोकतान्त्रिक प्रक्रियाअनुसार सर्वसम्मत वा स्वस्थ प्रतिस्पर्धामार्फत अधिवेशनमा सहभागी हुन अनुरोध गर्दछु ।’

नेपाली कांग्रेसको वडा अधिवेशन आजबाट सुरु भएको छ । आगामी मंसिर ९ देखि १३ गतेसम्म कांग्रेसको १४ औँ महाधिवेशन काठमाडौंमा हुँदैछ । आजबाट वडा अधिवेशन सुरु गरि विभिन्न चरणहरु ९क्षेत्र, जिल्ला र प्रदेश० मा १३ मंसिर १३ गते कांग्रेस महाधिवेशन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?