रोनाल्डोले युनाइटेडमा ७ नम्बर जर्सी नै लगाउने

काठमाडौं। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडमा आफ्नो पुरानो ७ नम्बर जर्सी नै लगाउने भएका छन्।

यसै सरुवा बजारमा इटालियन क्लब युभेन्टसबाट म्यान्चेस्टर युनाइटेड आएका रोनाल्डोले आफ्नो देश तथा क्लबका लागि ७ नम्बर जर्सी लगाउने गरेका छन्। तर म्यान्चेस्टर युनाइटेडमा उरुग्वेका फरवार्ड एडिनसन कभानीले ७ नम्बर जर्सीमा लगाउने गरेका थिए।

Cavani set to keep Man United number 7

म्यान्चेस्टर युनाइटेडले सरुवा बजारको अन्तिम दिन फरवार्ड ड्यानियल जेम्सलाई लिड्स युनाइटेडमा बेचेपछि जेम्सको २१ नम्बर जर्सी खाली भएको थियो। कभानीले उरुग्वेका लागि २१ नम्बर जर्सी नै लगाएर खेल्ने भएको कारण युनाइटेडले उनलाई जेम्सको २१ नम्बर जर्सी दिने निर्णय गरेको छ।

Man United's transfer stance on Edinson Cavani as Cristiano Ronaldo returns  to Old Trafford | GiveMeSport

त्यस्तै सन् २००३ देखि २००९ सम्म युनाइटेडमा जर्सी नम्बर ७ लगाएका रोनाल्डोले पुनः सोही नम्बरको जर्सी लगाउने पक्का भएको छ। पांच पटक बालोन डे ओर विजेता रोनाल्डोले स्पेनिश क्लब रियल मड्रिड तथा इटालियन क्लब युभेन्टसमा पनि ७ नम्बर नै लगाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?