युरो कप विजेता इटाली र बुल्गेरियाको बराबरी

काठमाडौं। फिफा विश्वकप २०२२ को युईएफए छनोट अन्तर्गत समूह ‘सी’को खेलमा युरो कप विजेता इटालीले बुल्गेरियासँग १-१ गोलको बराबरी खेलेको छ।

पहिलो हाफको १६औं मिनेटमा इटालीले अग्रता लिएको थियो। फरवार्ड फेडेरीको किएसाको गोल मार्फत घरेलु टोली इटालीले खेलमा अग्रता लिएको थियो।World Cup Qualifiers: Italy held by Bulgaria, but Azzurri equal Spain and  Brazil record - Football Italia

 

तर पहिलो हाफको ४०औं मिनेटमा बुल्गेरियाले बराबरी गोल फर्कायो। पाहुना टोलीका लागि अटानस लेभले बराबरी गोल गरेका थिए।

दोस्रो हाफमा दुवै टोली खेलमा निर्णायक गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?