स्वीडेनद्वारा स्पेन पराजित

काठमाडौं। फिफा विश्वकप २०२२ को युईएफए छनोट खेल अन्तर्गत समूह ‘बी’को खेलमा स्वीडेनले स्पेनलाई २-१ गोलले पराजित गरेको छ।

स्वीडेनको फ्रेन्ड्स एरेनामा बिहीवार राति खेलिएको खेलमा स्पेनले अग्रता लिएको थियो। स्पेनिश मिडफिल्डर कार्लोस सोलरले खेलको ५औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए।

Spain breaks their own passing record despite frustrating draw with Sweden  | Goal.com

तर त्यसको १ मिनेट पनि नबित्दै घरेलु टोलीले एलेक्जेन्डर आइज्याक मार्फत बराबरी गोल फर्कायो। पहिलो हाफ १-१ गोलको बराबरीमा अन्त्य भएको थियो।

दोस्रो हाफको ५७औं मिनेटमा स्वीडेनले खेलमा अग्रता लियो। स्वीडेनका भिक्टर क्लासोनले गोल गर्दा बलियो स्पेनिश टोलीले पराजय भोगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?