भेनेजुएलाविरुद्ध अर्जेन्टिना विजयी

लोकपथ संवाददाता
1.1k
Shares
BRASILIA, BRAZIL – JULY 06: Lionel Messi of Argentina adjusts his captain’s armband during a semi-final match of Copa America Brazil 2021 between Argentina and Colombia at Mane Garrincha Stadium on July 06, 2021 in Brasilia, Brazil. (Photo by Pedro Vilela/Getty Images)

काठमाडौं। फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोट खेल अन्तर्गत अर्जेन्टिनाले भेनेजुएलालाई ३-१ गोलले पराजित गरेको छ।

भेनेजुएलामा शुक्रवार खेलिएको खेलमा अर्जेन्टिनाका लाउटारो मार्टीनेजले खेलको ४५औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। त्यस्तै दोस्रो हाफको ७१औं मिनेटमा जोवाक्वीन कोरिया तथा खेलको ७४औं मिनेटमा एन्जल कोरियाले गोल गर्दा अर्जेन्टिनाले खेलमा तीन गोलको अग्रता लिएको थियो।

घरेलु टोलीका लागि यिफरसनले खेलको ९०औं मिनेटमा पेनाल्टीमार्फत सान्त्वना गोल गर्न सफल भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?