भारतविरुद्ध नेपाल : पहिलो खेलमा जे भयो

काठमाडौं। नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा टुंगिएको छ।

दशरथ रंगशालामा बिहीवार खेलिएको खेलमा घरेलु टोली नेपालले बलियो टोली भारतविरुद्ध राम्रो प्रदर्शन गरेको थियो। नेपालका स्ट्राइकर अन्जन विष्टले पहिलो हाफको ३६औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा प्रतिस्थापन भएर मैदान प्रवेश गरेका भारतीय मिडफिल्डर अनिरुद्ध थापाले खेलको ६०औं मिनेटमा बराबरी गोल फर्काएका थिए।

May be an image of 1 person, playing a sport, standing, outdoors and text that says "INTERNATIONAL FRIENDLY 021 NEPAL VS INDIA 2021 IRUS KTM COVID-19 Viku! pRaBk"

नेपाल र भारतबीच करिब चार वर्षको अन्तरालमा खेलिएको खेलमा हिजो जे भयो:

पहिलो हाफ

१ मिनेट: भारतले खेलको पहिलो मिनेटमै दुईवटा कर्नर किक प्राप्त गरेको थियो।

२८ मिनेट: खेलको पहिलो शट नेपालका मिडफिल्डर पुजन उपर्कोटीले प्रहार गरेका थिए, जुन पोस्ट बाहिर गएको थियो।

३२ मिनेट: भारतका मिडफिल्डर ग्लान मार्टिन्सले सुमन लामालाई फल गरेका थिए, अन्जन विष्टले प्रहार गरेको फ्री किक आकासिएको थियो।

३६ मिनेट: भारतका रक्षक चिङलेन्साना सिंह कोनसमको खराब ब्याक पासको फाइदा उठाउँदै नेपालका स्ट्राइकर अन्जन विष्टले भारतीय गोलरक्षक गुरप्रित सिंह सान्धुलाई बिट गरेर गोल गर्न सफल भएका थिए।

May be an image of 1 person, playing a sport and grass

४६ मिनेट: नेपालका तेज तामाङले सुमन लामासँग वान टू खेलाउँदै दिएकाले अफमा सुमन लामाको प्रहारलाई भारतीय गोलरक्षकले बचाउ गरेका थिए।

पहिलो हाफको अन्त्य सम्ममा नेपालले एक गोलको अग्रता लिएको थियो। घरेलु टोलीले पहिलो ४५ मिनेटमा कुल ३ शट प्रहार गरेको थियो। जसमध्ये २ शट अन टार्गेट रहेका थिए। भारतले सुरुवाती ४५ मिनेट सम्ममा कुनै पनि शट प्रहार गर्न सकेको थिएन। त्यस्तै भारतीय कप्तान सुनिल क्षेत्रीले पनि नेपालको पोस्टमा शट प्रहार गर्न असफल रहेका थिए।

दोस्रो हाफ

४६ मिनेट: भारतीय प्रतिस्थापन
अनिरुद्ध थापा (भित्र), ब्राण्डन फर्नान्डेज (बाहिर)
सेरिटन फर्नान्डेज (भित्र), आकाश मिश्र (बाहिर)
रहिम अली (भित्र), ग्लान मार्टिन्स (बाहिर)
सहल समाद (भित्र), लिस्टन कोलकाको (बाहिर)

४८ मिनेट: नेपाली मिडफिल्डर पुजन उपर्कोटीको शट आकासिएको थियो।

४९ मिनेट: नेपालका फरवार्ड अन्जन विष्टले पहेँलो कार्ड प्राप्त गरे। उनले अनिरुद्ध थापालाई मैदानको मध्य भागमा फल गरेका थिए।

May be an image of 2 people, people playing American football, people standing and outdoors

५१ मिनेट: नेपालका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले डि बक्स बाहिर हुत्तिएर गएर फल गर्दा पहेँलो कार्ड प्राप्त गरेका थिए।

५४ मिनेट: भारतीय कप्तान सुनिल क्षेत्रीको खेलमा पहिलो शट, मनभिर सिंहको शानदार क्रसमा सुनिलको हेडर पोस्ट बाहिरबाट गएको थियो।

५६ मिनेट: भारतीय फूल ब्याक सेन्टन फर्नान्डेजको शानदार क्रसलाई पुजनले उत्कृष्ट तरीकाले क्लीयर गरेका थिए।

५८ मिनेट: भारतीय मिडफिल्डर रहिम अलीको शानदार प्रहार तर पोस्ट बाहिर जान पुग्यो।

६० मिनेट: भारतीय कप्तान सुनिल क्षेत्रीले डि बक्स बाहिरबाट गरेको शानदार प्रहारलाई किरणले राम्रोसँग क्लियर गर्न सकेनन्, र रीबाउन्डमा आएको बललाई भारतीय मिडफिल्डर अनिरुद्ध थापाले गोलमा परिणत गरिदिए।

May be an image of 2 people

६२ मिनेट: भारतीय प्रतिस्थापन
लालेङमाविया (भित्र), सुरेश सिंह वाङ्जम (बाहिर)

६५ मिनेट: नेपाली प्रतिस्थापन
विशाल राई (भित्र), सुमन लामा (बाहिर)
मनिष डाँगी (भित्र), आयुष घलान (बाहिर)
सुनिल बल (भित्र), नवयुग श्रेष्ठ (बाहिर)

७० मिनेट: भारतीय प्रतिस्थापन
विपिन सिंह थौनाओजाम (भित्र), सुनिल क्षेत्री (बाहिर)
दशरथ रंगशालामा उपस्थित दर्शकले सुनिल क्षेत्रीलाई तालीसहित सम्मान प्रदान गरेका थिए।

May be an image of 3 people and people standing

७५ मिनेट: नेपाली प्रतिस्थापन
सुरज जिउ ठकुरी (भित्र), अन्जन विष्ट (बाहिर)

८० मिनेट: मनिष डाँगीको शानदार क्रसमा विशाल राईको शटलाई भारतीय गोलरक्षकले बचाउ गरिदिए।

८३ मिनेट: नेपालद्वारा ब्याक टू ब्याक एट्याक, सुमन अर्यालको क्रसलाई भारतीय रक्षक सुभाशिस बोसले विफल पारिदिए।

८५ मिनेट: नेपाली फूल ब्याक सुमन अर्यालको शट पोस्ट बाहिरबाट गएको थियो।

८७ मिनेट: नेपाली प्रतिस्थापन
नितिन थापा (भित्र), पुजन उपर्कोटी (बाहिर)
कमल थापा (भित्र), तेज तामाङ (बाहिर)
ए डिभिजन लिगमा च्यासल तथा एनएसएलमा पोखराका खेलाडी नितिन थापाको नेपाली राष्ट्रिय टोलीका लागि डेब्यू गरे।

No photo description available.

९०+ मिनेट: सुमन अर्यालको शानदार क्रसमा मनिष डाँगीको हेडर टार्गेटमा रहन सकेन। नेपाललाई निर्णायक गोल गर्ने शानदार मौका थियो।

९०+ मिनेट: नेपाली मिडफिल्डर नितिन थापाको शट टार्गेटमा रहन सकेन।

समग्रमा नेपालले राम्रो प्रदर्शन गरेको थियो। भारतीय टोलीले दोस्रो हाफको सुरुवातमा गरेको खेलाडी परिवर्तनको कारण पाहुना टोलीको खेलमा निकै सुधार आएको देखियो। प्रतिस्थापन भएर मैदान प्रवेश गरेका अनिरुद्ध थापाले पाहुना टोलीका लागि बराबरी गोल गरे भने अर्का खेलाडी रहिम अलीत खेलको ‘म्यान अफ दि म्याच’ नै घोषित भए।May be an image of 3 people, people standing and text that says "VD INDIA ANFA @atsad ANFA adp adp MEDIA MEDIA AN Nepal Football Associatic AT Association हाम्रो फटबल नेपाल Rapees MAN THE MATCH नपाल Thousand wenty ac Rs. 25,000/- ANFA ANFA"

नेपालले दोस्रो हाफको सुरुवाती १५ मिनेट खेलमा आफ्नो पकड गुमाएको थियो। तर खेलको अन्त्य तिर नेपाली टोली पुनः खेलमा फर्किएको थियो। समग्रमा भन्नु पर्दा नेपालले बलियो टोली भारतविरुद्ध शानदार प्रदर्शन गरेको थियो।

नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको दशरथ रंगशाला डेब्यूमा उनले नेपाललाई जित त दिलाउन सकेनन् तर नेपालको प्रदर्शन तारिफयोग्य थियो। नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल सेप्टेम्बर ५, आईतवार दशरथ रंगशालामा साँझ ५:३० बजे खेलिने छ।

May be an image of 5 people, people standing and outdoorsतस्बिर: एन्फा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?