काठमाडौं । नेकपा(एमाले)को उपाध्यक्ष भीम रावलले एमसिसीकी उपाध्यक्षलाई नेपाल बोलाएर राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र भइरहेको बताएका छन् ।
उनले बिहीवार ट्वीट गर्दै नेपालमा द्वन्द्व पछि अस्थिर राजनीतिक स्थितिमा एमससी सम्झौताको चाँजो मिलाइएको उल्लेख गर्दै फेरी अहिले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र भइरहेको उल्लेख गरेका हुन् ।
उनले वर्तमान सरकार जनअनुमोदित नभएकाले देशलाई दीर्घकालीन असर पार्ने सम्झौता गर्ने जनादेश पनि सरकारलाई प्राप्त नभएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया