प्रधानमन्त्री देउवा र वरिष्ठ नेता खनालबीच भेट

लोकपथ
238
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालसँग भेट गरेका छन् ।

प्रधानमन्त्री देउवाले डल्लुस्थित खनाल निवास पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

भारतबाट मिर्गौला प्रत्यारोपण गरी हालै स्वदेश फर्किएका खनाललाई प्रधानमन्त्री देउवाले भेटेर स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रधानमन्त्री देउवाले नेता खनालको स्वास्थ्यावस्थाबारे जानकारी लिनुका साथै उनको स्वास्थ्यलाभको कामना गरेको प्रधानमन्त्रीका प्रेस सहयोगी गोविन्द परियारले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?