डोटीकी सुत्केरी महिलाको उद्धार

लोकपथ
390
Shares

डोटी । बच्चा जन्माएपछि रक्तश्राव हुँदा डोटीको केआइसिँह गाउँपालिका ६ की २२ बर्षिया सुत्केरी महिलालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

जिल्ला अस्पताल डोटीमा बच्चा जन्माएकी सुत्केरी लक्ष्मी खड्कालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको हो ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीको पहलमा ती महिलालाई उपचारका लागि काठमाडौं लगिएको मन्त्रीका स्वकिय सचिव रुपेन्द्र धामीले जानकारी दिए । डोटी अस्पतालमा बच्चा पाइसकेपछि एक्कासी रक्तस्राव बढदै जादा जिल्ला अस्पताल डोटीले डडेल्धुरा रेफर गरेको थियो । त्यहाँ पनि उपचार गर्न नसकिने भएपछि अस्पतालले धनगढी पठाएको थियो ।

स्वास्थ्यमा झनै समस्या बढ्दै गएपछि मन्त्री जोशीको पहलमा लक्ष्मीलाई थप उपचारका लागि कैलास हेलिकप्टर सर्भिसस् मार्फत काठमाडौंं लगिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?