प्रदेश अस्पताल सुर्खेतले बढायो सेवा समय

लोकपथ
117
Shares

कर्णाली । प्रदेश अस्पताल सुर्खेतले बिरामीको बढ्दो चापलाई मध्यनजर गरी सेवा समय बढाएको छ । अस्पताल प्रशासनले सार्वजनिक बिदाको दिनबाहेक बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म सेवा सञ्चालन गर्ने जनाएको छ ।

अस्पतालका प्रवक्ता डा विकास केसीले कुनै पनि बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भनेर समयावधि बढाइएको बताए । बिरामीको अत्यधिक भीड हुने र समयाभावका कारण औषधि उपचार सेवा प्रभावित भएकाले समयावधि बढाउनुपरेको उनको भनाइ छ ।

अस्पतालले दुई महिनादेखि बन्द रहेको सिटीस्क्यान सेवा पनि सञ्चालनमा ल्याएको छ । बिहान १० बजेदेखि ओपिडी सेवा सञ्चालन गर्दै आएको अस्पतालले अब भने त्यसको एक घण्टाअगावै सेवा सुरु गर्नेछ ।

वीरेन्द्रनगरस्थित आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालले प्रदेश अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । आइएनएफले आज सर्जिकल मास्क २० हजार, आउटर गाउन १००, फेससिल्ड २००, फूल पीपीइ सेट १०० थान र १० थान पल्स अक्सिमिटर प्रदेश अस्पताललाई हस्तान्तरण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?