काठमाडौं । नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलमा भारतले बराबरी गोल फर्काएको छ । खेलको ६० औं मिनेटम भारतीय खेलाडीले गोल फर्काएको हो ।
सुनील क्षेत्रीले पोस्टमा गरेको प्रहार पोलमा लागेर फर्किएको बलमा अनिरुद्र थापाले गोल गरेका हुन् । यसअघि नेपालले ३६ औं मिनेटमा अग्रता लिएको थियो ।
१३ औं संस्करणको साफ च्याम्पियनसिपको तयारी खेलको रूपमा नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो। खेल मैत्रीपूर्ण भनिए पनि यी दुई छिमेकी राष्ट्रबीचको खेल जहिले पनि ‘हाई इन्टेन्सिटी’को रहने गरेको छ ।
नेपाल र भारतले अहिलेसम्म आधिकारिक रूपमा १९ खेल खेलेका छन्। जसमध्ये भारतले १३ खेल जित्दा नेपालले मात्र दुई खेल जित्न सफल भएको छ। साफ च्याम्पियनसिपकै इतिहास हेर्ने हो भने पनि १२ वटा प्रतियोगितामा भारतले ७ पटक उपाधि आफ्नो कब्जामा पार्न सफल भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया