विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको नियुक्ति बदर गर्न विपक्षी गठबन्धनले संयुक्त विज्ञप्ति जारी गर्दै माग गरेको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले बिहीबार विज्ञप्ति जारी गरी आचार्यले बहुमत गमाइसकेको भन्दै नियुक्ति बदरको माग गरेको हो ।
दल विभाजनपछि निर्वाचन आयोगले दल रोज्ने समय दिएको अवस्थामा एमालेकै बहुमत छ भन्दै मुख्यमन्त्री नियुक्त गर्नु संविधान विपरीत रहेको गठबन्धन दावी छ ।
९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा एमालेका मात्रै ५१ सदस्य थिए । ती मध्ये १० जनाले बुधबार नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । त्यस्तै कांग्रेसमा २१, माओवादीमा १५, जसपामा ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक–एक जना सांसद छन् ।
बहुमतका लागि ४७ सदस्य आवश्यक रहेको प्रदेशमा गठबन्धनमा ४९ जना सांसद छन् । गठबन्धनमा एक जना सांसद रहेको संयूक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च पनि थपिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया